जिल्ला प्रहरी कार्यालय हुम्लामा हिरासतबाट फरार दुई कैदीमध्ये एकजना पक्राउ

जिल्ला प्रहरी कार्यालय हुम्लामा हिरासतबाट फरार दुई कैदीमध्ये एकजना पक्राउ


हुम्ला – जिल्ला प्रहरी कार्यालय, हुम्लाको हिरासतबाट दुईजना कैदी भागेका छन् । जिल्लामा कारागारको भवन नभएका कारण हिरासतमा कैद भुक्तान गरिरहेका उनीहरु प्रहरीलाई छलेर भागेको प्रहरीले जनाएको छ ।

ज्यान मुद्दा अन्तर्गत पुर्पक्षका लागि थुनामा रहेका लोकेन्द्र बुढा र सार्वजनिक मुद्दा अन्तर्गत थुनामा रहेका लेखे नेपाली फरार भएको प्रहरीले जनाएको छ । बिहान ३ देखि ५ बजेको समयमा हिरासतबाट दुवैजना भागेका हुन सक्ने प्रहरीले अनुमान गरेकोछ । प्रहरीले साढे ५ बजेतिर मात्र कैदी भागेको थाहा पाएको थियो ।

फरार भएका उनीहरुको खोजीकार्य भइरहेको छ ।  प्रहरीले लोकेन्द्र बुढालाई सिमकोट गाउँपालिका–८ याङ्गुबाट पक्राउ गरिसकेको छ भने लेखे नेपालीको खोजीका लागी प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रवक्ता प्रहरी निरीक्षक बिष्णुबहादुर सिंहले जानकारी दिए । उनीहरु कसरी भागे भन्नेबारे अनुसन्धान भइरहेको प्रवक्ता सिंहले बताए ।