काठमाडौं–वदैशिक रोजगारीको नाममा कयौं नेपालीलाई विदेश पुर्याएर अलपत्र पार्ने ‘मानव तस्कर’ को जालो सक्रिय बन्दै गएको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) का अनुसार बेरोजगार नेपाली युवाहरूलाई आकर्षक रोजगारी दिलाउने भन्दै नेपालबाट पर्यटक भिषामा बाह्य मुलुक लगेर अलपत्र पार्ने समूह नै रहेको छ।
यसैक्रममा दुवईमा रोजगारी लगाइदिने भन्दै १६ नेपालीलाई संयुक्त अरब इमिरेट्समा पुर्याएर अलपत्र पार्ने चार जनालाई पक्राउ गरेको छ।
यसरी पक्राउ पर्नेमा ईश्वर भण्डारी, विर्घमान गुरूङ, मिन भन्ने राजु घले र भानु ढकाल रहेको सीआईबीका प्रवक्ता एसपी जीवन श्रेष्ठले जानकारी दिए।
उनीहरुले १६ नेपाली नागरिकलाई साउदी अरब पुर्याएर तीन महिना बिच्चली पारेका थिए। सोही अवस्थामा अवुधाबीस्थित नेपाली राजदूतावासबाट पीडितहरूलाई नेपाल फिर्ता पठाइएको थियो।
पीडितको उजुरीको आधारमा चार जनालाई पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट मानव बेचबिखन तथा ओसार पसार मुद्दामा म्याद थप गरेर अनुसान्धान थालिएको एसपी श्रेष्ठले जनाए।
प्रतिक्रिया