‘मानव तस्करीलाई नेपालले गम्भिर रुपमा लिएको छ ’-गृहमन्त्री थापा

‘मानव तस्करीलाई नेपालले गम्भिर रुपमा लिएको छ ’-गृहमन्त्री थापा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ – गृहमन्त्री रामबहादुर थापा‘बादल’ले मानवतस्करी, बेचविखन र यस सम्बन्धी अन्तरदेशिय अपराधलाई नेपालले गम्भिर रुपमा लिएको बताएका छन् ।

ईण्डोनेसियाको बालीमा सोमबारबाट जारी ‘ मानवतस्करी, बेचविखन र अन्तरदेशिय अपराध ’ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई आज त्यहाँ संवोधन गर्दै गृहमन्त्री थापाले ठुलो संख्यामा नेपालीहरु वैदेशिक रोजगारीको जाने गरेका कारण पनि यो विषयलाई आफुहरुले गम्भिर रुपमा लिएको बताए ।

गृहमन्त्री थापाले दिगो मानव विकास, कानुनी शासन र नागरिक सुरक्षाका लागि मानवतस्करी र वेचविखन बाधकको रुपमा देखा परीरहेको टिप्पणी गरे

उनले मानवतस्करी, बेचविखन र अन्तरदेशिय अपराधसम्बन्धी विषयमा विभिन्न राष्ट्रहरुबीच सूचना आदानप्रदान र कानुन कार्यान्वयन गर्ने निकायहरुबीच सहकार्य गर्न जारी सम्मेलनले सहजता प्रदान गर्ने विश्वाँस व्यक्त गरे ।

बिभिन्न देशमा रहेका आप्रवासी कामदारको हितका लागि समेत यो सम्मेलनले दिशा निर्देश गर्ने मन्त्री थापाको भनाई थियो । मंगलबार सम्पन्न हुने सातौ मन्त्रीस्तरीय सम्मेलनमा बिभिन्न देशका गृहमन्त्री र उच्च सरकारी अधिकारीहरु सहभागी छन् । सन २००२ मा बालि प्रोसेसको नाममा यो सम्मेलनको आयोजना गर्न सुरु गरीएको थियो ।

नेपाल सहित चिन, भारत, अस्ट्रेलिया लगायत ४५ सदस्य राष्ट्र र संयुक्त राष्ट्रसंघिय एजेन्सीहरु आईओएम, युएनएचसिआर र युएनओडिसी सम्मेलनको सदस्यको रुपमा रहेका छन् । गृहमन्त्रालयको चार सदस्यीय टोलीको नेतृत्व गर्दै गृहमन्त्री थापा गत आईतबार त्यसतर्फ प्रस्थान गरेका थिए । थापाको साउन २३ गते नेपाल फर्कने कार्यक्रम रहेको छ ।