काठमाडौं–महानगरीय प्रहरी अपराध महाशाखाले काठमाडौं उपत्यकाका पाँच वटा हुण्डी अखडामा छापा मारेको छ।
महाशाखाले न्यूरोडसहितका क्षेत्रमा विभिन्न व्यवसायको आवरणमा हुन्डीको कारोबार गर्ने पाँच अखडामा छापा मारेको हो।
उनीहरुको साथबाट ५१ लाख नगद र तीन करोड ५६ लाखको चेक बरामद भएको छ।
प्रहरीले नेपाल ओभरसिज मार्केटिङका राहुल राय अग्रवाल, एलाइट बिजनेश प्रालिका राजकुमार श्रेष्ठ, सग्तानी ट्रेडर्सका शिव कुमार साङतानी, पूर्णलक्ष्मी इन्टरप्राइजेजका अरुण सावरथिया र रविन्द्र चोखानी, बिनिका सेल एण्ड साइन मार्केटिङका राजकुमार सिघान्ची र जगदिश सरियालाई पक्राउ गरेको छ।
पक्राउ परेकालाई कारबाहीका लागि प्रहरीले राजश्व अनुसन्धान विभाग पठाएको छ।
प्रतिक्रिया