काठमाण्डु- देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसका कारण तराईका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ । साथै देशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ।
आज दिउँसो र राती बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहने सम्भावना छ । अन्यत्र मौसम सामान्यतया सफा रहनेछ ।
बिहानको समयमा तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सुको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा
असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
प्रतिक्रिया