बेइजिङ– हुवावेले गुगलको विकल्प दिनका लागि आफ्नै एप सेवा विकास गर्न भूमिका खेलेको भन्दै भारतीय डेभलपरहरुलाई नगदको प्रस्ताव गरेको छ । हाल चिनियाँ कम्पनी अमेरिकी प्रतिबन्धसँग लगातार जुध्दै आएको छ ।
अमेरिकी सरकारको व्यापार कालो सूचीमा परेपछि हुवावेका उत्पादनमा गुगलको महत्वपूर्ण मानिएको एन्ड्रोइड एप्सले काम गर्ने विषयमा अनिश्चितता देखिएको छ । यसको प्रति उत्तरमा चिनियाँ प्रविधि कम्पनीले गुगल मीडिया सेवा (जीएमएस) को विकल्पका लागि काम गरिरहेको छ । योे सेवामा उपभोक्ताहरुको एक किसिमको लतनै बसिसकेको छ । हुवावेको आफ्नै हुवावे मोबाइल सर्भिस (एचएमएस) हुनेछ । मोबाइल फोनमा मेसेजिङ र नेभिगेसनका लागि र जीमेल, गुगल म्याप र अन्य प्रोग्राम जस्तै काम गर्नका लागि योे एप महत्वपूर्ण मानिएको छ ।
हाल हुवावेको उप ब्रान्ड होनर भारतमा उत्कृष्ट १५० एप्ससँग यसलाई प्लेटफर्ममा एकिकृत गर्नका लागि वार्तामा रहेको इकोनोमिक टाइम्सले जनाएको छ । यदी डेभलरहरुको पोग्राम एचएमएसमा आएमा हुवावेले आफ्नो विशाल १ अर्ब डलरको कोषबाट १७ हजार डलरसम्म भुक्तानी गर्ने प्रस्ताव गरेको छ ।
“हामीसँग आफ्नैै एचएमएस रहेको छ र मोबाइल इकोसिस्टम निर्माण गर्ने प्रयास गरिरहेका छौ । धेरैजसो महत्वपूर्ण एप्सहरु नेभिगेसन, पेमेन्ट, गेमिङ र मेसेजिङ डिसेम्बरको अन्त्यसम्ममा तयार हुनेछ,” हुवावे एन्ड ओनर इन्डियाका सीईओ चाल्र्स पेङले बताएको इकोनोमिक टाइम्सले जनाएको छ ।
प्रयोगकर्ताले दुईवटा एप सेवाबीचको भिन्नता महशुस नगर्ने प्रतिबद्धता पेङले गरेका छन् । एचएमएसबाट हुवावेले सबै मुलुकका ग्राहकलाई १५० एप्सको अफर गर्न सक्ने उनले थपे । यो वर्षको सुरुमा हुवावेले मेट–३० र मेट–३० प्रो स्मार्टफोन सार्वजनिक गरेको थियो । यसमा आफ्नै एप स्टोर पनि थियो । यसलाई जीएमएसबाट एचएमएसमा स्थानान्तरणको रुपमा लिइएको छ ।
हुवावेले आफ्नो आईफोन किलर हुवावे पी–४० २०२० को मार्चमा लन्च गरिने पनि बताएको छ । यसमा पनि एप्सका लागि आफ्नै विशेषता रहने छ ।
प्रतिक्रिया