सिंगापुर – ह्वावेले सीड्स फर द फ्युचर कार्यक्रमको ११ औं संस्करणअन्तर्गत सिङ्गापुरमा नयाँ ‘टेक टु बिल्ड योर करियर’ सेमिनार सुरु गरेको छ ।
सेप्टेम्बर २ बाट भएकाे सेमिनारले आगामी पुस्ताका लिडरहरूलाई आफ्नो क्षेत्रीय सीड्स फर द फ्युचर कार्यक्रमबाट प्रेरित गर्ने कम्पनीको भनाइ छ ।
याे एक्सेलेरेटर क्याम्पको लागि मुख्य कम्पोनेन्ट हो । सीड्स फर द फ्युचर सन् २००८ देखि ह्वावेद्वारा सञ्चालित ग्लोबल फ्ल्यागशिप सीआरएस परियोजना हो । प्राविधिक इनोभेसन र क्रस-कल्चरल एक्सचेन्जको माध्यमबाट अर्को पुस्ताको लिडरहरूलाई प्रेरित गर्ने उद्देश्यका साथ पछिल्लो १४ वर्षमा १३७ देश र क्षेत्रहरूबाट १२,००० भन्दा बढी विद्यार्थीहरूलाई कार्यक्रममा भाग लिन आकर्षित गरेको छ।
२०२२ मा ह्वावेले सिङ्गापुरमा सीड्स फर द फ्युचर कार्यक्रम अन्तर्गत कुल २०३ सहभागीहरूलाई तालिम दिइसकेको छ । ह्वावे एसिया प्यासिफिक सीड्स फर द फ्युचर २०२२ पहिलो पटक अगस्ट १९ मा बैंककमा सुरु भएको थियो । ९ दिने डिजिटल बुट क्याम्पमा एशिया प्यासिफिक क्षेत्रका १६ देशका १२० उत्कृष्ट विद्यार्थीहरूले थाइल्याण्डमा क्रस-कल्चरल डिजिटल यात्राको आनन्द लिए ।
१२० मध्ये ७ जना नेपालीसहित ३३ जना एक्सेलेरेशन क्याम्पको लागि छनोट गरिएको थियो । सिंगापुरमा रहँदा उनीहरूले विभिन्न प्राविधिक क्षेत्रका उद्यमी लिडरहरूद्वारा मार्गदर्शन पाउने छन् जसले उनीहरूलाई आफ्ना विचारको व्यावहारिकता र रियलाएजेशन बारे ध्यान दिन प्रेरित गर्ने कम्पनीको भनाइ छ ।
‘ह्वावेको सीड्स फर द फ्युचर’ कार्यक्रम अन्तर्गत ‘टेक टु बिल्ड योर करियर’ सेमिनारले अन्य आसियन देशहरूका नेक्स्ट ‘जेनका लिडरहरूलाई सिंगापुरमा शीर्ष प्रतिभाहरूसँग जोड्ने छ र इनोभेटिभ आइडियाहरू छलफल गर्न, सेयर गर्न र प्रेरित गर्न इकोसिस्टममा उत्कृष्ट सोचहरूलाई एकै ठाउँ ल्याउनेछ,’ ह्वावे इन्टरनेशनलका प्रबन्ध निर्देशक चार्ल्स छेङले भने, ‘हामीलाई विश्वास छ कि हाम्रो सामूहिक प्रयासले थप दिगो र प्रगतिशील सिंगापुरमा योगदान पुर्याउनेछ र राष्ट्रलाई दीर्घकालीन रूपमा विश्व(स्तरीय प्रतिभा निर्माण गर्न मद्दत गर्नेछ ।’
ह्वावे एशिया प्यासिफिक सीड्स फर द फ्युचर Tech4Good प्रतियोगिताको विजेता टिम सेप्टेम्बरमा सीड्स फर द फ्युचर एसिलिरेटर क्याम्पको अवार्ड समारोहमा घोषणा गरिनेछ। शीर्ष १० फाइनलमध्ये एकको रूपमा विजेता टिम आगामी जेनुवरीमा ह्वावे सीड्स फर द फ्युचर Tech4Good ग्लोबल प्रतियोगिताको लागि आफ्नो यात्रा जारी राख्नेछ ।
प्रतिक्रिया