फाइभ–जी नेटवर्कका लागि हुवावेलाई अनुमती दिँदै बेलायत

फाइभ–जी नेटवर्कका लागि हुवावेलाई अनुमती दिँदै बेलायत


लन्डन – बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बेलायतमा फाइभ–जी नेटवर्कका लागि अनुमती दिने विषयमा स्वीकृति दिने संकेत गरेको फाइनान्शीयल टाइम्सले जनाएको छ ।

जोनसनमाथि वासिङटनबाट ठूलै दबाब देखिएको छ । यसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दबाब विशेष रहेको छ । अमेरिकाले कम्पनीले सुरक्षा खतरा बढाउने र अमेरिका–बेलायतबीचको जासुसी सेयरिङमा पनि चुनौती खडा हुन सक्ने जनाएको छ ।

हुवावेले आफू निजी कम्पनी भएको र चिनियाँ राज्य हस्तक्षेप नहुने बारम्बार दोहो¥याउदै आएको छ । अमेरिकी विदेश मन्त्री माइक पोम्पियोले ट्वीटरमा लेखेका छन्, “फाइभ–जीमा निर्णय गर्नु अगाडि बेलायतका लागि महत्पूर्ण समय रहेको छ ।” उनको यो भनाइले लन्डनले वासिङटनको लगातारको दबाब खेप्नुपर्ने देखिएको छ ।

बेलायती प्रधानमन्त्रीले हुवावेमाथि बजार हिस्साको रोक लगाउन सक्ने जस्तो देखिएको फाइनान्शीयल टाइम्सले जनाएको छ । चिनियाँ कम्पनीमाथि अधिक निर्भरता कम गर्न गर्न र अन्य कम्पनीलाई पनि ल्याउनका लागि उनको यो प्रयास भएको देखिन्छ ।

बेलायतमा हुवावेको भविष्यमाथिको अन्तिम निर्णयका लागि मंगलबार राष्ट्रिय सुरक्षा परिषदमा लागिने भएको छ । तर सरकारी अधिकारीहरुले मन्त्रीहरुको विकल्प सीमित भएको फाइनान्शीयल टाइम्सले जनाएको छ ।

जर्मनीले पनि फाइभ–जी नेटवर्कका लागि अनुमती दिने वा नदिने भन्ने विषयमा निर्णयका लागि मार्चको युरोपियन युनियनको सम्मेलन कुर्नका लागि जर्मन चान्सलर एंगेला मर्केलले कन्जर्भेटिभ सांसदहरुलाई आग्रह गरेकि छन् ।

जर्मनीमा फाइभ–जीको प्रयोगमा हुवावे जेटटिई, नोकिया र इरिक्सन भन्दा अगाडि देखिएको छ ।