हामी गुगुल बिनै नम्बर १ बन्न सक्छौः हुवावे सीईओ

हामी गुगुल बिनै नम्बर १ बन्न सक्छौः हुवावे सीईओ


हङकङ – गुगलको सफ्टवेयर र एप्सबिनानै हुवावे विश्वकै नम्बर १ स्मार्टफोन ब्रान्ड बन्न सक्ने हुवावेका सीईओ र संस्थापक रेन झेङफेइले बताएका छन् ।

चिनियाँ कम्पनी दुर संचार उपकरण निर्माणको मामिलामा विश्वकै ठूलो कम्पनी बनिसकेको छ ।

अमेरिकी व्यापारको कालो सूचीमा नराखिदासम्म यो कम्पनीले विश्वकै ठूलो स्मार्टफोन कम्पनीमा सामसङलाई उछिन्ने लगभग तय भइसकेको थियो । अमेरिकी प्रतिबन्धले अमेरिकी कम्पनीहरुसँग व्यापार गर्नका लागि हुवावेलाई प्रतिबन्ध लाग्दै आएको छ ।

यसरी प्रतिबन्धमा परेका अमेरिकी कम्पनीहरुमा गुगल, इन्टेल र ब्रोडकम रहेका छन् । यी कम्पनीहरुले हुवावेसँग व्यापार गर्नका लागि अमेरिकी सरकारको स्वीकृति लिनु पर्नेछ ।

हुवावे फोन किन्ने चीन बाहिरका उपभोक्तालाई लोकप्रिय एप्सहरु जस्तै फेसबुक, उबर र गुगल म्यापमा पहुँच नहुने भएपछि हुवावेले मुश्किलले हासिल गरेको चीन बाहिरको बजार खुम्चिन थालेको छ ।

गुगलबिना पनि हुवावे विश्वकै नम्बर १ स्मार्टफोन ब्रान्ड हुन सक्छ भनि सोधिएको प्रश्नमा उनले भने, ‘मलाई यसले समस्या पार्ला जस्तो लाग्दैन । तर यसका लागि अली समय लाग्ने छ ।’

आपूm बिरुद्धको व्यापक अमेरिकी अभियानका कारण हुवावे दबाबमा पर्दै आएको छ । हुवावेका उत्पादनहरुले राष्ट्रिय सुरक्षाको जोखिम हुने वासिङटनले बताउदै आएको छ । यद्यपि यो आरोप चिनियाँ कम्पनीले खण्डन गर्दै आएको छ ।