लाङटाङ हाइड्रोपावरका लागि लगानी जुट्यो,  ४ बैंकले  २ अर्ब ७३ करोड लगानी गर्ने 

लाङटाङ हाइड्रोपावरका लागि लगानी जुट्यो,  ४ बैंकले  २ अर्ब ७३ करोड लगानी गर्ने 


काठमाडौं– आरएम ग्रुपअन्तर्गतको मल्टी इनर्जी डेभलपमेन्ट  प्रा.लि. ले रसुवाको गोसाईंकुण्ड गाउँपालिकामा निर्माण गर्न लागेको लाङटाङ हाइड्रोपावरका लागि लगानी जुटेको छ । राजधानीमा बुधबार आयोजित एक कार्यक्रममा वित्तीय व्यवस्थापन सम्झौतामा हस्ताक्षर भएको हो । २० मेगावाट क्षमताको  उक्त आयोजनाका लागि सनराइज बैंककोअगुवाइमा चारवटा बैंकले लगानी गर्ने भएका छन् । सहायक लगानीकर्ता बैंकमा सिद्धार्थ बैंक, नेपाल क्रेडिट एण्ड कमर्श बैंक र जनता बैंक छन् ।

कार्यक्रममा मल्टी इनर्जी डेभलपमेन्ट  प्रा. लि. का अध्यक्ष कृष्ण आचार्यर नेतृत्वकर्ता सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बजाचार्यले सम्झौताको प्रति आदानप्रदान गरे । आयोजनाको कूल लगानी चार अर्ब पाँच करोड प्रक्षेपण गरिएकामा शेयरधनीहरुबाट  १ अर्ब ३२ करोर बैंकहरुले२ अर्ब ७३ करोड ४० लाख लगानी गर्ने मल्टी इनर्जीका अध्यक्ष आचार्यले जानकारी दिए ।

सम्झौताअनुसार लगानीको अगुवाई गरेको सनराइज बैंकले १ अर्ब २ करोड ५२ लाख, सिद्धार्थ बैंकले७६ करोड ९० लाख,  एनसिसी बैंकले ५२ करोड २३ लाख र जनता बैंकले ४२ करोड ७३ लाख रुपैयाँऋण उपलब्ध गराउनेछन् ।

आयोजनाको सम्भाव्यता अध्ययन, विद्युत खरिद बिक्री सम्झौता, वातावरणीय प्रभाव अध्ययन मूल्यांकनलगातका काम सम्पन्न भएपछि बित्तीय व्यवस्थापन सम्झौता भएको हो । साविकमा १० मेगावाट  क्षमताको उक्त आयोजनाको अध्ययनका क्रममा पछि १० मेगावाट क्षमता थप गरिएको थियो ।  आयोजनाको सिभिल, हाइड्रोमेकानिकल, इलेक्ट्रोमेकानिकल, ट्रान्समिसन लाइन लगायत मुख्य संसरचना निर्माणका लागि चिनियाँ कम्पनी छोङगिङ वाटर टर्वाइन वक्र्स(सीडब्लुटीडब्लु) सँग ठेक्का सम्झौतासमेत सम्पन्न भइसकेको आयोजनाले जनाएको छ ।

सम्झौताअनुसार ठेकेदार कम्पनीलाईसुरुमा कूल लागतको  १० प्रतिशत र आयोजनाबाट विद्युत उत्पादन सुरु भएको ७ सय दिनपछि बाँकी रकम उपलब्ध गराइने छ । आयोजनाको काम सम्पन्न भएपछि मात्र रकम भुक्तानी गर्ने गरी वित्तीय व्यवस्थापन सम्झौता गरिएको लाङटाङखोला नेपालकै पहिलो आयोजना भएकोदाबी अध्यक्ष आचार्यको छ । आगामी २०७७ साल पुस महिनाभित्र आयोजनाको निर्माणकार्यसम्पन्न गर्नेआयोजनाको लक्ष्य छ ।