काठमाण्डु– हुन्डाई गाडीका लागि नेपालकाे आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले दशैँ-तिहारलक्षित फेष्टिभ डिलाईट २०८१ योजना सार्वजनिक गरेको छ ।
आफ्ना ग्राहकहरूको दशैँ तिहार विशेष र हर्षोल्लासपूर्ण बनाउन हुन्डाईले यो योजना ल्याएको हो । कम्पनीले विगतका वर्षहरूमा गाडीका साथै अन्य आकर्षक उपहारहरू दिँदै आएको छ । यस वर्ष पनि सोही परम्परा कायम राखि १ जना भाग्यमानीले हुन्डाई मेड इन नेपाल हुन्डाई भेन्यु लक्की ड्र मार्फत प्राप्त गर्न सक्नेछन् । हुन्डाईको चाड पर्व लक्षित योजना नेपाली अटोमोवाइल बजारमा सबैभन्दा बहुप्रतिक्षित योजना मानिदै आएको छ ।
हुन्डार्ड फेष्टिभ डिलाइट २०८१ अन्तर्गत कुनै पनि हुन्डाई गाडीको खरीदमा १० लाखसम्मको आकर्षक नगद छुट, स्क्राच कार्ड मार्फत थप १ लाख सम्मको नगद छुटका साथै १ वर्षको लागि निःशुल्क सवारी बिमा तथा सवारी कर सुविधा पनि प्राप्त गर्न सक्नेछन् । आफ्ना ग्राहकहरूको सन्तुष्टिको निमित्त हुन्डाईले सदैव समय सापेक्षिक ग्राहक लक्षित योजनाहरू सार्वजनिक गर्दै आइरहेको छ ।
आउँदै गरेको ११ गते सुरु हुने नाडा अटो शो २०२४ मा बुकिङ्ग गर्ने ग्राहकहरूले पनि यस योजना बाट लाभान्वित हुन सक्नेछन। नाडा अटोशो २०२४ मा हुन्डाईको ब्८द्द स्टल भ्रमण गरेर सम्पूर्ण अवलोकनकर्ताहरूले हुन्डाईका विभिन्न उत्पादनहरूको अवलोकन गरी आफ्ना जिज्ञासाहरू पनि मेट्न सक्नेछन् । सबै हुन्डाईका गाडीमा ३ वर्ष वारेन्टी र ६ वर्षको फ्रि सर्भिसिङ्ग उपलब्ध छ । यो योजना मंसिर २२ (छठ पर्व) सम्म लागू हुनेछ ।
यसै अवसरमा हालै चलिरहेको ‘‘Hyundai Test Drive and Wi ” क्याम्पेन अन्तर्गत ग्राहकहरूले हुन्डाईको नेपालभरि रहेका कुनै पनि सोरुममा गई हुन्डाई गाडीको लाइनअपहरू मध्यबाट भर्खरै लन्च गरिएको नयाँ हुन्डाई क्रेटा र मेड इन नेपाल हुन्डाई भेन्यु टेस्ट ड्राइभ गरी आकर्षक उपहारहरू हात खाली नहुने गरी प्राप्त गर्न सक्नु हुनेछ ।
लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले नेपाल भरी १६ शोरूमहरू, १९ सर्भिस सेन्टरहरू तथा ४३ं चारजिङ पोइन्ट मार्फत ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको छ । हुण्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमावाइल उत्पादक मध्येमा पर्दछ । यस कम्पनीका उत्कृष्ट उत्पादनहरूले विश्वभरि करोडौँ ग्राहकहरूको मन तथा विश्वास जित्न सफल भएको दावी गरिन्छ ।
प्रतिक्रिया