५०० दरका भारतीय नोट बोक्नेहरू सावधान ! १ जना पक्राउ

५०० दरका भारतीय नोट बोक्नेहरू सावधान ! १ जना पक्राउ


सर्लाही – ५०० दरका भारतीय नोट बोकेको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।

लालबन्दी नगरपालिका–२ बाट नेपालमा प्रतिबन्धित भारतीय रुपैयाँ ७१ हजारसहित हरिवन नगरपालिका–४ बस्ने ३० वर्षीय सागर पाख्रिनलाई प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरी टोलीले ना३८प ४०४५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक पाख्रिनलाई ५०० दरका १४२ नोटसहित पक्राउ गरिएको छ ।

भारतीय नोट सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।