आइसिसी विश्वकप : अमेरिका र ओमानविरुद्ध खेल्ने नेपाली टोलीको घोषणा

आइसिसी विश्वकप : अमेरिका र ओमानविरुद्ध खेल्ने नेपाली टोलीको घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी विश्वकप लिग–२ अन्तर्गतको सिरिजका लागि नेपाली राष्ट्रिय टिमको घोषणा गरेको छ ।
क्यानले अमेरिका र ओमानविरुद्ध हुने त्रिकोणात्मक सिरिजका लागि ज्ञानेन्द्र मल्लको कप्तानीमा १४ सदस्यीय टिम घोषणा गरेको हो ।

माघ २२ देखि कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने सिरिजमा नेपाल, अमेरिका र ओमानले एकआपसमा २–२ एकदिवसीय खेल खेल्नेछन् । जसमा जम्मा ६ वटा एकदिवसीय खेल हुनेछ । पवन सर्राफ, किशोर महतो, सुवास खकुरेल र सन्दीप जोरा बैकल्पिक खेलाडीमा धकेलिएका छन् ।

नेपाली टिम

टिममा ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), पारस खड्का, सन्दीप लामिछाने, करण केसी, मोहमद आरिफ शेख, विनोद भण्डारी, अभिनास बोहरा,कुशल मल्ल, कमलसिंह ऐरी, सुसन भारी, रोहितकुमार पौडेल, शरद भेषवाकर, ललितनारायण राजवंशी रहेका छन् ।

व्यवस्थापक– ऋषिराम गौतम

मुख्य प्रशिक्षक – उमेश पटवाल

प्रशिक्षक – जगत टमाटा

सहायक प्रशिक्षक – बसन्त शाही

फिजियो – विक्रम न्यौपाने

विश्लेषक – रमन शिवाकोटी

वैकल्पिक खेलाडीहरु

पवन सर्राफ, सुवास खकुरेल, सन्दीप जोरा, किशोर महतो

सिरिजको खेल तालिका (त्रिवि मैदान कीर्तिपुर)

माघ २२ – नेपाल भर्सेस ओमान

माघ २३ – ओमान भर्सेस अमेरिका

माघ २५ – नेपाल भर्सेस अमेरिका

माघ २६ – नेपाल भर्सेस ओमान

माघ २८ – ओमान भर्सेस अमेरिका

माघ २९ – नेपाल भर्सेस अमेरिका