काठमाडौं – आईसीसी विश्कप लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गत नेपाल र ओमानबीच अहिले खेल भइरहेको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक पूरा गरेका छन् ।
नेपालका लागि ओपनरमा आएका मल्लले ७० बल खेल्दै ६ चौका र १ छक्काको सहयोगमा ५३ रन पूरा गरि सकेका छन् । उनीसँगै साझेदारी गरिरहेका आरिफ शेख ७ रन बनाएका छन् । २५ ओभरको समाप्तिमा नेपालले तीन विकेट गुमाउँदै १२३ रन पूरा गरेको छ । यसअघि नेपालले आफ्नो पहिलो विकेटको रुपमा रुपमा सुवास खकुरेललाई गुमाएको थियो । त्यसपछि नेपालले एउटै ओभरमा दुई विकेट गुमाएको हो ।
२४ ओभरको पहिलो बलमा पारस खड्काको रुपमा आफ्नो विकेट दोस्रो विकेट गुमाएको नेपालले ओभरको चौथो बलमा नेपालले दिपेन्द्रलाई तेस्रो विकेटको रुपमा गुमाएको हो । पारस ३८ रन बनाएर आउट भएका हुन् । उनलाई मोहमद नदिमले क्याच आउट गराएका हुन् । दिपेन्द्र भने रन नबनाएर आउट भए । उनलाई पनि नदिमले क्याच आउट गराएका हुन् ।
प्रतिक्रिया