काठमाण्डु – आईसीसीको वरीयतामा छैटौं स्थानमा रहेका नेपाली अलराउण्डर दीपेन्द्रसिंह ऐरीको वरीयता खस्किएको छ ।
अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको टी–२० अलराउण्डर तर्फको नयाँ वरीयतामा उनी १ स्थान तल झरेका छन् । छैटौं वरीयतामा रहेका ऐरी नयाँ वरीयतामा सातौं स्थानमा पुगेका छन् ।
वरीयताको शीर्ष स्थानमा श्रीलंकाका वानिन्दु हसरंगा रहेका छन् । दोस्रो स्थानमा अफगानिस्तानका मोहम्मद नाबी र तेस्रो स्थानमा भारतका हार्दिक पाण्ड्या छन् ।
टी–२० को ब्याटिङतर्फ दीपेन्द्रको वरीयता ४६औं स्थानमा यथावत रहेको छ ।
ब्याटिङतर्फ रोहित पौडेल ६१औं तथा आशिफ शेख ७०औं स्थानमा यथावत रहेका छन् ।
बलिङतर्फ सोमपाल कामी ९१औं स्थानमा यथावत रहँदा दीपेन्द्र १ स्थान खस्किँदै ९७औं स्थानमा झरेका छन् ।
प्रतिक्रिया