स्कटल्याण्डद्वारा नेपाल सामु २७५ रनको लक्ष्य

स्कटल्याण्डद्वारा नेपाल सामु २७५ रनको लक्ष्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत जारी खेलमा स्कटल्याण्डले नेपाललाई २७५ रनको चुनाती दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टर हारेर ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले पूरा ओभरको समाप्तिमा ९ विकेट खर्चिएर २७४ रन जोडेको हो ।

स्कटल्याण्डका लागि माइकल लिस्कले ८५ बलमा ३ चौका र ९ छक्कासहित १०७ रनमा नट आउट रहे । नेपालका लागि सन्दीप लामिछानेले ३, कुशल मल्लले २, सोमपाल कामी, कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीले समान १-१ विकेट लिए ।