आईसीसी टी–२० वरीयतामा नेपाल एक स्थान तल झर्‍यो

आईसीसी टी–२० वरीयतामा नेपाल एक स्थान तल झर्‍यो


काठमाण्डु – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) टी–२० वरीयतामा नेपालमा एक स्थान तल झरेको छ । आईसीसीले बुधबार सार्वजनिक गरेको वरीयतामा नेपाल एक स्थान तल झरेको हो ।

यसअघि आईसीसी वरीयतामा १२औं स्थानमा रहेको नेपाल हाल १३औं स्थानमा झरेको हो । टी–२० नयाँ वरीयताको इंग्ल्यान्ड शीर्ष स्थानमा, भारत दोस्रोमा, पाकिस्तान तेस्रोमा, न्युजिल्याण्ड चौथोमा र दक्षिण अफ्रिका पाँचौ स्थानमा छ ।

यस्तै अष्ट्रलिया छैटौ, बंगलादेश सातौं, अफगानिस्तान आठौं, श्रीलंका नवौं, वेष्ट इन्डिज दशौँ र जिम्बाव्वे ११औं स्थानमा छ ।