क्यानसँगको शर्तबारे छलफल गर्न आईसीसीको टोली नेपाल आउने

क्यानसँगको शर्तबारे छलफल गर्न आईसीसीको टोली नेपाल आउने


काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) सँग शर्तबारे छलफल गर्न अन्तराष्ट्रिय क्रिकेट काउन्सील (आईसीसी)को टोली काठमाडौं आउने भएको छ ।

साढे तीन वर्षदेखि क्यानमाथि लगाएको निलम्बन शर्त फुकुवा गरेको साढे एक महिनापछि शर्तबारे छलफल गर्न आईसीसीको टोली नोभेम्बर अन्तिममा काठमाडौं आउन लागेको  क्यानका महासचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए ।

टोली नोभेम्बर अन्तिममा काठमाडौं आउने बताइए पनि मिति भने तय भईनसकेको प्याकुरेलले जानकारी दिए । अहिले क्यानले आफ्नै तवरले काम गरिरहेको छ ।

उनले भने, “हालै टोली बंगलादेश पठायौं । सागका तयारीसँगै अरु काम पनि गरीरहेका छौं । अब शर्तबारे छलफल भएपछि क्यान नयाँ तवरले अघि बढ्नेछ ।” २०७३ सालमा राजनीति हाबी भएको भन्दै लगाएको निलम्बन आईसीसीले गत असोज २७ गते शशर्त फकुवा गरेको थियो ।