आइसिसी विश्वकप ट्रफी नेपालमा दुई दिन राखिने

आइसिसी विश्वकप ट्रफी नेपालमा दुई दिन राखिने


काठमाण्डु – आइसिसी टी–२० विश्वकप २०२२ सुरु हुन १०० दिन बाँकी रहँदा ‘ट्रफी टुर’ सुरू भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले शुक्रबारबाट आयोजक राष्ट्र अष्ट्रेलियाको पर्थबाट ट्रफी टुर सुरु गरेको हो ।

दोस्रोपटक नेपाल आइपुग्न लागेको ट्रफी यसपटक भने ३० र ३१ अगष्ट (१४ र १५ भदौ) मा काठमाण्डु आइपुग्ने छ । ट्रफी सार्वजनिक स्थानमा फोटो सेसनका लागि राखिने छ । यद्यपि स्थान भने तोकिएको छैन ।

आजबाट सुरु भएको टुर १३ देशका ३५ स्थानमा पुग्ने आईसिसीले जनाएको छ । विश्वकप १६ अक्टोबरबाट सुरु हुनेछ । नेपाल भने यसअघि नै पराजित हुँदै छनोट हुन असफल भएको थियो ।