वर्षाले खेल प्रभावित, अफगानिस्तान विश्वकपमा छनोट

वर्षाले खेल प्रभावित, अफगानिस्तान विश्वकपमा छनोट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- आईसीसी यू–१९ विश्वकपका लागि एसिया क्षेत्रको छनोटका लागि अफगानिस्तान छनोट भएको छ ।

शनिबार वर्षाका नेपाल र अफगानिस्तानबीचको खेल रद्द भएको छ । खेल रद्ध भएपछि दुवै देशले अंक बाँडेका हुन । समान अंक भए पनि रनरेटमा अगाडि भएका कारण विश्वकपमा लागि अफगानिस्तान छनोट भएको हो ।

नेपाल र अफागानिस्तानबीच शनिबार बिहान ९ बजेबाट खेल हुने कार्यतालिका रहेको भए पनि बिहानभरी काठमाडौँमा परेको वर्षाका कारण मैदान खेल्न अयोग्य बनेको थियो ।

ढिला गरी वर्षा रोकिएपछि मैदानलाई सुकाएर भए पनि खेल खेलाउन दिउँसो २ बजेसम्म गरिएको प्रयत्न सफल हुन नसकेपछि अन्तिममा खेल र रद्द गरिएको हो ।

नेपालले युएईलाई ५ रन, ओमनलाई ८ विकेट र हङकङलाई ९ विकेटले पराजित गरेको थियो । अफगानिस्तानले ओमन र हङकङलाई समान ८ विकेट र युएईलाई १ सय ८० रनले पराजित गरेको थियो ।

आफ्ना पछिल्ला तीन वटा खेलमा विजयी भएका दुवै टोली आज आफ्नो अन्तिम खेल जितेर विश्वकपमा छनोट हुने आशामा थिए । तर मौसमले साथ नदिएपछि रनरेटका आधारमा अफगानिस्तान छनोट भएको हो ।