काठमाडौं – विश्वकप एकदिवसीय क्रिकेट प्रतियोगिताको विजेताले ४० लाख डलर पुरस्कार पाउने भएको छ ।
अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै विजेता टिमले अहिलेसम्मकै ठूलो पुरस्कार राशी पाउने उल्लेख गरेको हो । त्यस्तै, उपविजेताले भने २० लाख डलर पाउँनेछ ।
त्यस्तै, सेमिफाइनलमा पराजित हुने दुई टिमले समान ८–८ लाख डलर पाउनेछन् । त्यस्तै, लिग राउण्डका विजेताले ४० हजार प्राप्त गर्नेछन् । विश्वकपमा पुरस्कार राशीमात्रै कुल १ करोड डलर रहेको छ ।
राउण्ड रोविनको आधारमा हुने विश्वकपमा १० टिम छन् । विश्वविजेता, अष्ट्रेलिया, इंग्ल्यान्ड, भारत, दक्षिण अफ्रिका, न्युजिल्यान्ड, पाकिस्तान, अफगानिस्तान, श्रीलंका, वेष्ट इन्डिज र बंगलादेश रहेका छन् ।
विश्वकप क्रिकेट यही मे ३० देखि जुलाई १४ सम्म इंग्ल्यान्ड र वेल्समा हुँदैछ ।
प्रतिक्रिया