बलिउड अभिनेता इरफान खानको निधन

बलिउड अभिनेता इरफान खानको निधन


एजेन्सी – बलिउड अभिनेता इरफान खानको निधन भएको छ ।

मुम्बईस्थित कोकिलाबेन धिरुभाइ अम्बानी अस्पतालको आईसीयूमा उपचार क्रममा उनको ५४ वर्षको उमेरमा निधन भएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

पेटमा संक्रमण भएकाले खानलाई मंगलबार आइसीयूमा भर्ना गरिएको उनका प्रवक्ताले जनाएका थिए ।

गत शनिबार मात्रै उनकी आमा सइदा बेगमको मृत्यु भएको थियो । उनकी आमा ९५ वर्षकी थिइन् । सन् २०१८ मा इरफानलाई न्युरोइन्डोक्राइन ट्युमर भएको थियो।