सशस्त्रद्वारा नेपाल प्रहरीका आईजीपी कुँवरको बिदाइ

सशस्त्रद्वारा नेपाल प्रहरीका आईजीपी कुँवरको बिदाइ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सशस्त्र प्रहरी बलले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरलाई बिदाइ गरेको छ ।

हल्चोकस्थित सशस्त्रको मुख्यालयमा आयोजित समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले आईतबार उनको बिदाइ गरे ।

प्रहरीका आईजीपी कुँवर सोमबारबाट सेवा निवृत्त हुनेछन् । २०७९ चैत १० गते आईजीपी नियुक्त भएका कुँवर ३० वर्षे सेवा अवधि पूरा गरेर अवकाशमा जान लागेका छन् । कुँवरले करीब २ वर्ष प्रहरी संगठनको नेतृत्व गरेका छन् ।

हलचोकमा आयोजित बिदाइ समारोहमा कुँवरलाई सलामी प्रदान गरिएको छ ।

आईजीपी कुँवरसँगै एआईजीहरू टेक प्रसाद राई, बुद्धिराज गुरुङ, दुर्गा सिंह, कुबेर कडायत र जनक भट्टराई पनि अवकाशमा जाँदैछन् । डीआईजीहरू गणेश चन्द, भोला रावल र ध्रुवराज राउत पनि चैत ४ गतेबाट अनिवार्य अवकाश जानेछन् ।