काठमाडौं – नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक ठाकुर ज्ञवालीले बुधबार दर्ज्यानी चिन्ह प्राप्त गरेका छन् ।
गृहसचिव महेश्वर न्यौपानेको हातबाट प्रहरी महानिरीक्षक ज्ञवालीले दर्ज्यानी चिन्ह पाएपछि उनी कार्यभार सम्हाल्न र स्वागत कार्यक्रममा सहभागी हुन प्रहरी मुख्यालय नक्साल पुगेका थिए ।
त्यहाँ विभिन्न कार्यालयका प्रहरी अधिकारीले उनलाई सलाम ठोक्दै पुष्पगुच्छा दिएर स्वागत गरेका थिए ।
फोटोफिचर
प्रतिक्रिया