प्रहरी जीवनको पहिलो पाठशाला नै प्रशिक्षण : आइजीपी अर्याल

प्रहरी जीवनको पहिलो पाठशाला नै प्रशिक्षण : आइजीपी अर्याल


काठमाडौं–प्रहरी महानिरीक्षक प्रकाश अर्यालले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा प्रहरी निरीक्षक आधारभूत तालिममा समाविष्ट त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा संचालित पोष्ट ग्राइजुड डिप्लोमा इन पुलिस साइन्स कार्यक्रमको उद्घाटन गरेका छन्।

 

 

 

प्रहरी महानिरीक्षक अर्यालले प्रहरी निरीक्षक पद आपैmमा महत्वपूर्ण जिम्मेवारी बहन गर्ने पद भएकाले आगामी समयमा आउने परिस्थिति र चुनौतीलाई सामना गर्नका लागि प्रहरी जीवनको पहिलो पाठशाला नै प्रशिक्षण भएकाले इमान्दारीका साथ प्रशिक्षणमा तल्लीन रहन निर्देशन दिए।

 

 

 

भविष्यमा आफुले सामाना गर्नुपर्ने पदीय जिम्मेवारीलाई गम्भिरताका साथ ग्रहण गर्दै त्यसै अनुरुप आफुलाई परिवर्तन गर्ने सोचका साथ प्रशिक्षण प्रहरी जीवन भरका लागि प्रेरणादायी स्मरणको रुपमा रहने हँदा प्रशिक्षार्थीहरुले मेहनत र सफलताका साथ तालिम हासिल गर्नुपर्ने उनले बताए।

 

 

 

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डीन प्रा.डा. डिल्लीराज शर्माले पीजीडीपीएस कार्यक्रम आफैमा महत्वपूर्ण रहेको बताउँदै प्रशिक्षार्थीको व्यक्तिगत जीवनमा समेत आमूल परिवर्तन ल्याउने अपेक्षा गरे।

 

 

 

कार्यक्रममा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक देवेन्द्र सुबेदीले स्वागत मन्तव्य व्यक्त गर्नुहुदै अनुशासन नेपाल प्रहरीको गहना भएकोले यसलाई उच्च प्राथमिकतामा राखेर प्रशिक्षार्थीहरुले प्रशिक्षण हासिल गर्नुपर्ने उल्लेख गरे।

 

 

प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक छविलाल जोशीले धन्यवाद ज्ञापन गरेका थिए। तालिम संयोजक प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए।

 

 

प्रहरी अधिकृत आधारभूत तालिम १७८ औँ समूह र ९ औँ समूहमा ९५ जना प्रशिक्षार्थीको सहभागीता रहेको छ ।