आईजीपी खनालले भने : साढे ३३ किलो सुन र सनम शाक्य हत्याबारे केहि बोल्दिन

आईजीपी खनालले भने : साढे ३३ किलो सुन र सनम शाक्य हत्याबारे केहि बोल्दिन


काठमाडौं  – प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले साढे ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणमा भइरहेको अनुसन्धानबारे आफूले केही नबोल्ने बताएका छन् ।

बिहिबार प्रहरी प्रधान कार्यालयमा पत्रकार सम्मेलनमा बोल्दै प्रहरी महानिरीक्षक खनालले सुन काण्डबारे अनुसन्धान गर्न गृह मन्त्रालयले छुट्टै समिति गठन गरेकाले आफूले यसबारे टिप्पणी नगर्ने बताएका हुन् ।

सुनकाण्डमा उच्च पदस्थ प्रहरी अधिकृतहरुसमेत अनुसन्धानमा तानिएकाले आफ्नो चासो रहेको भन्दै यस विषयमा गृह मन्त्रालयले गठन गरेको समितिले अनुसन्धान गरिरहेको खनालले बताए । उनले अपराधीकरण भने निर्मुल हुनुपर्ने धारणा राखे ।

खनालले प्रस्तुत गरेको आफ्नो प्रगति विवरणमा जिल्ला प्रहरी कार्यालय मोरङले सुनकाण्डबारे अनुसन्धान गरी मुद्दा दर्ता गरेको पनि उल्लेख गरिएको थियो । आईजीपी खनालले आफ्नो कामलाई तीन तहमा विभाजन गर्दै शान्ति सुरक्षा र अपराध अनुसन्धान पहिलो प्राथमिकतामा राखेका छन् । त्यस्तै प्रहरी संगठनलाई पनि संघीयता अनुसार रुपान्तरण गर्न कानुन निर्माण र विशेष प्रहरी कार्यक्रमलाई पनि प्राथमिकतामा राखेको जानकारी दिए ।