आईजीपी खनालले भने -‘विप्लवको पार्टीबाट कुनै सुरक्षा थ्रेट छैन,

आईजीपी खनालले भने -‘विप्लवको पार्टीबाट कुनै सुरक्षा थ्रेट छैन,


काठमाडाैं – बुटवलको दीप बोर्डिङ स्कूलमा आयोजित समुदाय प्रहरी साझेदारी कार्यक्रममा बोल्दै आईजीपी सर्वेन्द्र खनालले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबाट कुनै सुरक्षा चुनौति नभएको दावी गरेका छन् ।

आईजीपी खनालले नेपाल प्रहरी विप्लव नेतृत्वको नेकपा लगायत अन्य विद्रोही शक्तिलाई दबाउन र नियन्त्रण गर्न सक्षम रहेको दावी गरे ।उनले संविधान नमानेर बाहिर रहेका यस्ता दलहरुका गतिविधिबाट नडराउन पनि समुदायलाई आग्रह गरे । ‘विप्लवको पार्टीबाट कुनै सुरक्षा थ्रेट छैन,’ खनालले भने, ‘विद्रोह गर्छौं भन्ने शक्तिलाई नियन्त्रण गर्न हामी पूर्णसक्षम छौं ।’

कञ्चनपुरकी निर्मला पन्तको हत्या प्रसंगमा बोल्दै आईजीपी खनालले चारवटा विज्ञ टोलीले उक्त घटनाको अनुसन्धान जारी राखेकाले दोषी पत्ता लाग्न अझै केही समय लाग्ने बताए । निर्मला पन्तलगायत थोरै घटनामा मात्र सफलता नमिलेकाले प्रहरीमाथि अविश्वास बढेको उनले स्वीकार गरे ।

समुदायले प्रहरीमाथि विश्वास गर्नुपर्ने आग्रह गर्दै प्रहरी समुदायसँग हातेमालो गरेर शान्ति सुरक्षा कायम गर्न तत्पर रहेको बताए । प्रहरीप्रति अविश्वास कायम रहे अनुसन्धानमा सफलता मिल्न झन् ढिलाई हुने उनको भनाइ छ ।