काठमाडौं – काठमाडौंको गौशाला बृत्तमा प्रहरी महानिरीक्षक (आइजीपी)सर्वेन्द खनालले छड्के निरीक्षण गरेका छन्। शुक्रबार मध्यान्ह त्यहाँ पुगेर आइजीपी खनालले बृतबाट हुने कामकारबाही बारे जानकारी लिएका हुन् ।
निरीक्षणका क्रममा खनालले सेवाग्राहीलाई खुसी पारेर काम गर्न बृत प्रमुख र प्रहरीलाई निर्देशन दिएका छन् । कार्यालय नागरिक मैत्री राख्न, समुदाय साझेदारी प्रहरी अनुरुप काम गर्न, र अपराध विरुद्ध कठोर भएर लाग्न समेत खनालले निर्देशन दिए ।
खनालले बृतमा आएका सेवाग्राहीका समस्या पनि सुनेका थिए। एक सेवाग्राहीले सवारी साधनको नम्बर प्लेट नै नदेख्ने गरी चलाउँदा पनि प्रहरीले कारबाही नगरेको भन्दै गुनासो गरेका थिए।
प्रतिक्रिया