बीओपीका माध्यमबाट सीमा सुरक्षा मजबुद बनाएका छौं : आईजीपी खनाल

बीओपीका माध्यमबाट सीमा सुरक्षा मजबुद बनाएका छौं : आईजीपी खनाल


काठमाडौं – सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालले संगठनमा नीतिगत भ्रष्टाचार र आर्थिक अनियमितता गर्ने कसैलाई छुट नहुने बताएका छन् ।

सशस्त्र प्रहरी बलको १९ औं स्थापना दिवसलाई सम्बोधन गर्दै आईजीपी खनालले भ्रष्ट आचरणका कर्मचारीलाई कारबाही गर्ने बताउँदै संगठनमा राम्रा काम गर्नेलाई उचित पुरस्कार दिने बताए ।

उनले बीओपीका माध्यमबाट सीमा सुरक्षालाई मजबुद बनाएको बताए । ‘सीमानामा गण, गुल्म र बीओपीका माध्यमबाट सीमा सुरक्षालाई मजबुत र व्यवस्थित बनाउँदै सबै सुरक्षा र स्थानीय निकायको समन्वय र सहकार्यमा हामीले पाएको उत्तरदायित्व र जिम्मेवारीलाई पूरा गर्दै आएको छौं ।’

उनले कार्यादेशअनुसार संगठनले आधुनिक प्रविधिको प्रयोग गरी सुरक्षालाई आधुनिकीकरण एवं विशिष्टिकरण गर्दै अगाडि बढाइरहेको पनि बताए । खनालले थपे, ‘अझ यसलाई दीर्घकालीन रुपमा बलियो बनाउन सांगठनिक संरचना परिवर्तन गरी हिजोको आवश्यकतालाई हेरेर गृह मन्त्रालयको पहलमा ७७ वटै जिल्लामा सशस्त्र प्रहरीको पहुँच र्पुयाइएको छ ।’

खनालले आफ्नो कार्यकालको पौने दुई वर्षे अवधिमा ५६ वटा नीति निर्देशिका, कार्यविधि र ६५ वटा तालिम पाठ्यक्रम बनाएर तालिम शिक्षालयका साथै प्रधान कार्यालय, बाहिनी गण, गुल्म र बीओपीका माध्यमबाट नीति कार्यान्वयनलाई अघि बढाइएको बताए ।

‘हाम्रो सानो गल्ती र कमजोरीले जनतामा नकारात्मक प्रभाव पर्ने मात्र होइन, संगठन र राष्ट्रलाई समेत ठूलो हानी र्पुयाउँछ’, उनले भने, ‘यसर्थ संगठनलाई शिरमा राखी राष्ट्रले चाहेको र जनआकांक्षा अनुरुपको सुरक्षाका साथ योगदान दिन सक्यौं भने मात्र उत्तरार्धतिर जाँदै गरेका संगठनका नेतृत्वकर्ताहरुले संगठनको भविष्य तयार गर्ने र्गयौं भनेर गर्व गर्न सक्छौं ।’