आईजीपी दिपक थापाले लगाए फूली (तस्वीरहरु)

आईजीपी दिपक थापाले लगाए फूली (तस्वीरहरु)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) दीपक थापालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

गृह मन्त्रालयमा आयोजित समारोहमा गृह सचिव गोकर्णमणि दुवाडीले थापालाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई प्रहरीको ३१औं आईजीपी नियुक्त गरेको हो ।

महानिरीक्षक वसन्तबहादुर कुँवर ३० वर्षे सेवा अवधि पूरा गरी सोमबारबाट बिदा भएपछि थापालाई नियुक्त गरिएको हो ।

थापा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख थिए । थापासँगै प्रहरी प्रशिक्षण प्रतिष्ठान प्रमुख सुदीप गिरी र उपत्यका प्रहरी कार्यालय प्रमुख टेकबहादुर तामाङ आईजीपी बन्ने दौडमा रहे पनि वरिष्ठताका आधारमा सरकारले थापालाई नियुक्त गरेको हो।