चार नेपाली क्रिकेटर आइसिसीको ट्वान्टी–ट्वान्टी बरियतामा

चार नेपाली क्रिकेटर आइसिसीको ट्वान्टी–ट्वान्टी बरियतामा


 काठमाडौ-अन्तर्राष्ट्रिय क्रिकेट परिषद ९आइसिसी०ले नेपालका चार खेलाडीलाई बरियतामा राखेको छ। आइसिसिले सार्वजनिक गरेको नयाँ बरियतामा ट्वान्टी–ट्वान्टी क्रिकेटतर्फ नेपालका दुई बलर तथा दुई ब्याट्सम्यान शीर्ष १०० भित्र अटाएका हुन्।

ब्याटिङतर्फ कप्तान पारस खड्का र शरद भेषावाकर तथा बलिङतर्फ बसन्त रेग्मी र सोमपाल कामी शीर्ष १०० भित्र अटाएका हुन् । १२ अन्तर्राष्ट्रिय खेलमा २३६ रन बनाएका थिए भने भेषावकरले ११ खेलबाट १९९ रन बनाएका थिए।

ट्वान्टी–ट्वान्टी ब्याट्सम्यानको बरियतामा नेपालका कप्तान खड्का २६५ अंकसहित ९० औं स्थानमा छन् भने २३८ अंकसहित शरद ९८ औं स्थानमा रहेका छन्। यसको शीर्ष स्थानमा अष्ट्रेलियाका आरोन फिन्च तथा दोस्रोमा पाकिस्तानका फकर जमान र तेस्रो स्थानमा भारतीय खेलाडी लोकेश राहुल छन्।

यस्तै ट्वान्टी–ट्वान्टी बलरको बरियतामा ३९७ अंकसहित बसन्त ७१ औं तथा ३३८ अंकसहित सोमपाल ९२ औं स्थानमा रहेका छन्। रेग्मीले १२ खेलबाट १६ विकेट लिएका छन् भने कामीले १२ खेलबाट १३ विकेट लिएका छन्।

ट्वान्टी ट्वान्टी बलरको शीर्ष स्थानमा अफगानिस्तानका रासिद खान छन् भने दोस्रो स्थानमा पाकिस्तानका सहादाब खान छन्। नेपाली युवा बलर सन्दिप लामिछाने मात्र २ टी ट्वान्टी अन्तर्राष्ट्रिय खेले पनि कुनै विकेट लिन सकेका छैनन्।नेपालले तीन वर्षपछि आइसीसीको टी-२० इन्टरनेशनल मान्यता प्राप्त खेल खेल खेलेपछि खेलाडीहरु वरीयतामा समावेश भएका हुन्।