आईएमई जनरल इन्स्योरेन्सको ४५ लाख कित्ता सेयर बिक्री खुल्ला

आईएमई जनरल इन्स्योरेन्सको ४५ लाख कित्ता सेयर बिक्री खुल्ला


काठमाण्डु – आईएमई जनरल इन्स्योरेन्स कम्पनीले सेयर बिक्री खुल्ला गरेको छ । कम्पनीले आजदेखि चैत १३ गतेसम्मका लागि कुल पुँजीको ४० प्रतिशत ४५ लाख ३० हजार ३४४ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो ।

कम्पनीको हाल १ अर्ब १५ करोड ७६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको छ । यो हकप्रद बिक्रीपछि पुँजी १ अर्ब ६२ करोड रुपैयाँ पुग्नेछ । इच्छुक सेयरधनीहरूले इन्स्योरेन्सको हकप्रद सेयर खरिदका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

आवेदन भने चैत १३ गतेसम्म दिन सकिने बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ ।