म इमान्दार छु, सेनाबाट मलाई कुनै खतरा छैन : इमरान खान

म इमान्दार छु, सेनाबाट मलाई कुनै खतरा छैन : इमरान खान


एजेन्सी – पाकिस्तानका प्रधानमन्त्री इमारान खानले आफु इमान्दार भएकाले पाकिस्तानी सेना आफ्नो साथमा भएको बताएका छन् ।

मीडियासँग कुराकानी गर्दै इमरानले उनीहरुबाट आफुलाई कुनै खतरा नभएको बताएका छन् । यद्यपि उनले देशमा भएको पीठो र चिनीको अभावको विषयमा कुनै सन्तोषजनक उत्तर दिएका छैनन् ।

आफु दिनरात पुरा मेहनत तथा इमान्दारीका साथ काम गरिरहेको उनले बताएका छन् । यसका अतिरिक्त उनी विश्वकै कम तलब पाउने प्रधानमन्त्री पनि हुन् ।

एक प्रश्नको उत्तरमा उनले आफु इमान्दार भएकालेनै सेनाबाट आफुलाई कुनै खतरा नभएको बताएका छन् । उनीहरु आफ्नो साथ भएको उनले बताए । सरकार र सेनाबीच कुनै तनाव नभएको पनि उनले थपे ।

उनले भने, “म मुलुकको राम्रोका लागि दिन–रात काम गर्दै आएको छु । यसको नतीजा पनि देखिन थालेको छ । सेनाको डर नवाज शरीफ तथा जरदारी जस्ता भ्रष्ट नेतालाई मात्रै हुन्छ । देशको गुप्तचर एजेन्सीलाई थाहाँ छ कि नवाज शरीफ र जरदारीले भ्रष्टाचारबाट कति पैसा कमाएका छन् । मैले भष्टाचार नगरेको पनि उनीहरुलाई थाहा छ । मौलाना फजल–उर–रहमान सरकारलाई ठग्ने प्रयास गरिरहेका छन् । उनीहरुको बिरुद्धमा देश द्रोहको मुद्धा चलाइने छ ।”