एजेन्सी – पाकिस्तानको विद्युत कम्पनीले पाकिस्तानी प्रधानमन्त्री इमरान खानको सचिवालयको विजुलीको लाइन काट्ने चेतावनी दिएको छ ।
पटक–पटक बिल तिर्न सचिवालयलाई ताकेता गरेपनि समयमा पैसा नपाएको र तिर्नुपर्ने बक्यौता रकम करोडमा पुगेपछि इस्लामावाद विद्युत वितरण कम्पनीले बुधबार एक सूचना जारी गर्दै बिजुली काट्ने जानकारी दिएको हो ।
पाकिस्तानका संचारमाध्यम खलिज टाइम्सका अनुसार प्रम इमरान खानको सचिवालयले यस महिना तिर्नुपर्ने ४१ लाख र गत महिनाको ३५ लाख बिजुली विल नतिरेको जनाएका छन् ।
कम्पनी निकट श्रोतका अनुसार कयौं पटक ताकेता गर्दा पनि सचिवालयले बिल तिर्न अटेर गर्दै आएको छ ।
सन् २०१३ मा अत्यधिक बहुमतले चुनाव जितेका इमरानले त्यतिबेला आगामी निर्वाचनसम्म बिजुली समस्या पूर्णरूपमा हल गर्ने वाचा गरेका थिए । पछिल्लो समय पाकिस्तानको आर्थिक अवस्था खस्किदैं गएको छ र त्यसको असर सबैतीर देखिन थालेको छ ।
प्रतिक्रिया