आइएमएस मोटर्सले बजारमा ल्यायो नयां स्याङ्योङ टिभोलि गाडी

आइएमएस मोटर्सले बजारमा ल्यायो नयां स्याङ्योङ टिभोलि गाडी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– स्याङ्योङ मोटरको लागि नेपालको एक मात्र आधिकारिक विक्रेता आइएमएस मोटर्सले, हालै नयाँ स्याङ्योङ टिभोलि गाडी नेपाली बजारमा भित्र्याएको छ । यो गाडी नेपाली बजारमा दुई वटा विकल्पका साथ प्रस्तुत गरिएको छ ।

 

 

 

अटोमेटिक गियर बक्स सुविधा भएको स्याङ्योङ टिभोलि गाडीको बजार मूल्य ६५ लाख ९९ हजार रहेको छ भने म्यानुअल सेमि लोडेड गाडीको बजार मूल्य ५६ लाख ९९ हजार तोकिएको छ ।

 

 “स्याङ्योङ ६५ प्रतिशत बाइब्याक ग्यारेन्टि एण्ड  जिरो सर्भिस कस्ट अफर”
 आइएमएस मोटर्सले गाडीको मूल्यको ६५ प्रतिशतमा बाइव्याक खरिद गरिदिने र शून्य सर्भिस शुल्क अगाडि सारेको छ । कम्पनीले प्रस्तुत गरेको यो अफर अन्तर्गत इन्जिन आयल, कूलेन्ट, ब्रेक प्याड   (फ्रन्ट र रियर) आयल फिल्टर, ब्रेक आयल, पावर स्टेरिङ्ग, एसि फिल्टर, एयर फिल्टर र फ्युल फिल्टरमा ३ वर्षसम्म शून्य सर्भिस शुल्क लाग्ने छ ।

 

 

 

 

यसका अतिरिक्त प्रस्तुत योजनामा स्पट एक्स्चेन्ज, सहज किस्ताबन्दी, निःशुल्क एक्सोसरिज, एक वर्षसम्म सडक कर र दुई वर्षसम्म वा अधिकतम ४०००० कि.मि सम्मको वारेन्टि पनि समावेश गरिएको छ ।

 

नयाँ स्याङ्योङ टिभोलि गाडीमा विभिन्न उपयोगी विशेषता एवं आकर्षक “बम्पर शो ग्रिल”, “रेडिएटर शो ग्रिल” सुधारिएको फग ल्याम्प तथा गाडी भित्रको आकर्षक डिजाइन  रहेका छन् । यसका अतिरिक्त स्पोर्ट युटिलिटि भेइकलमा दिउसो बत्ति बाल्नको लागि एलइडि डेरनिङ्ग ल्याम्प, फ्रन्ट फग ल्याम्प, नवीनतम् एलइडि हेडल्याम्प, फाइन्डर रिपिटर र बाहिरी ऐनाहरु, पावर सनरुफ र रुफरेल पावर जस्ता विशेषताहरु पनि रहेका छन् ।

 

 

 
यसका अतिरिक्त स्याङ्योङ टिभोलि गाडीमा बहुप्रतिक्षित सुविधाहरु जस्तैः इलेक्ट्रोनिक्स स्टेविलिटि प्रोग्राम,इलेक्ट्रिक ब्रेक–फोर्स डिस्ट्युव्युसनको साथ एन्टि–लक ब्रेक, सातवटा एयर व्याग, छ सेन्सरहरु, हिटेड र भ्यान्टिलेटेड फ्रन्ट सिटहरु, सबै डिक्स ब्रेक, र डेटाईम रनिङ्ग ल्याम्पजस्ता विशेषताहरुले स्पोर्ट युटिलिटि भेइकल नेपालको वर्तमान सडक अवस्था अनुरुप सुरक्षित एवं उपयोगी रहेको छ ।

 

कम्पनीकाअनुसार स्याङ्योङ टिभोलि गाडीको इन्जिनले दुबै मोटरेवल बाटोमा होस् या शहरी बाटो जहाँ पनि आवाज, कम्पन र कडापनको महशुस नै हुन दिंदैन ।

स्याङ्योङका वारेमा-
स्याङ्योङ कोरियाको लक्जरी स्पोर्ट युटिलिटि भेइकल ब्राण्ड हो, जुन कोरियाका ठूला अटोमोबाइल्स कम्पनीहरु मध्येको चौथो हो । उत्कृष्ट स्टाइल तथा अद्वितीय कार्यक्षमताका साथ सन् १९५४ मा स्थापित कम्पनीले सम्भावनाहरुलाई आफ्नो गुणस्तरीय इन्जिनियरिङ्गका साथ हासिल गर्दै आएको छ ।