काठमाण्डु – खाने तेलमा भएकाे मुल्यवृद्धि सम्वन्धमा विभिन्न संचार माध्यमहरुमा आएको समाचारहरुप्रति नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
प्रशोधित खाने तेलमा भएको मूल्यवृद्धिका विषयमा वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभागबाट समेत पटक पटक चासो दिएपछि संघले साेमबार विज्ञप्ती जारी गर्दैै आफ्नो ध्यानाकर्षण भएको जनाएकाे हाे ।
संघले तेलका लागि चाहिने कच्चा पदार्थ बाहिरी मुलुकबाट आयात गर्नुपर्ने भएपनि कोरोनाभाइरसको महामारीका कारण र हालैका दिनमा रसिया र युक्रेनमा भएको युद्धकालको परिस्थिति अप्राकृतिक कारण तेलको मूल्यमा बृद्धि हुन गएको स्पष्ट पारेको छ । संघले अन्तर्राष्ट्रिय बजारले नै नेपालको मूल्य निर्धारण गर्ने भएकाले मूल्यमा बृद्धि हुन गएको जनाएको छ ।
विज्ञप्तीमा भनिएको छ, विश्व वजारमा नै कच्चा तेलहरुको अभाव सिर्जना भई क्रुड आयलहरुको मुल्यमा अस्वाभाविक रुपमा करीव ४० देखी ५० प्रतिशत सम्म वृद्धि हुन पुगेको छ जुन हालसम्म कै ऐतिहासिक मुल्यवृद्धि रहेको छ । साउथ अमेरीकामा भएको भिषण सुख्खायाम, मलेसीया र ईन्डोनेशियामा भएको श्रमिकको समस्या र खराव मौसमले गर्दा ४०% वाली विग्रको कारणले क्रुड खाने तेलहरुको मुल्य जनवरीमा नै ऐतिहासिक विन्दुमा पुगिसकेको थियो ।
नेपालमा कच्चा पदार्थ शतप्रतिशत तेश्रो मुलुकवाट आयात गर्नु परेकोले अन्तराष्ट्रिय वजारमा कच्चा पदार्थ को मुल्यमा हुने उतारचढाव अनुसार नै स्थानिय वजारको मुल्य निर्धारण गर्ने प्रक्रिया यहाँका उद्योगहरुको वाध्यता रहेको छ ।
यस संघमा आवद्ध रहेका २२ वटा प्रशोधित खानेतेल उत्पादन गर्ने उद्योगहरुले आ–आफ्ना उत्पादनहरु सोयाविन तेल, सनफ्लावर तेल ईत्यादी उत्पादन गरी स्थानीय वजारमा विक्री वितरण र नियमित रुपमा आपुर्ति समेत गर्दै आईरहेका छन
प्रतिक्रिया