खटाएको स्थानमा नजाने कर्मचारीलाई सरकारले कारबाही गर्न सक्नुपर्छ : भट्टराई

खटाएको स्थानमा नजाने कर्मचारीलाई सरकारले कारबाही गर्न सक्नुपर्छ : भट्टराई


नेपालगञ्ज- नयाँ शक्ति नेपालका अध्यक्ष डा बाबुराम भट्टराईले राजनीतिक दलहरू सत्तामुखी भएसम्म मुलुकमा राजनीतिक स्थायित्व कायम हुन नसक्ने बताएका छन् ।

पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेपाली काँग्रेस र एमाले सत्तामुखी पार्टी भएकाले ती दलबाट मुलुकको समृद्धि सम्भव नभएको धारणा राखे ।

उनले दलगत ट्रेड युनियन खारेज नगरेसम्म कर्मचारी प्रशासनलाई सुधार गर्न नसकिने पनि बताए । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले खटाएको स्थानमा नजाने कर्मचारीलाई ऐन संशोधन गरेर कारबाही गर्ने आँट सरकारले गर्नुपर्ने बताएका हुन् ।