अनुसन्धानको इन्सपेक्टरमा जागिर खुल्यो, १२ कक्षा पासलाई पनि अवसर

अनुसन्धानको इन्सपेक्टरमा जागिर खुल्यो, १२ कक्षा पासलाई पनि अवसर


काठमाडौं– सुरक्षा निकायअन्तर्गत गुप्तचर संगठन राष्ट्रिय अनुसन्धान विभागमा अनुसन्धान अधिकृत (इन्सपेक्टर) र सहायक पदमा जागिर खुलेको छ । अनुसन्धान अधिकृत २२ र अनुसन्धान सहायक ३३ गरी ५५ जना कर्मचारी माग गरिएको छ ।

 

विभागले शुक्रबार सार्वजनिक सूचना प्रकाशित गरी अनुसन्धान अधिकृतमा खुल्लातर्फ १२ जना र समावेशीतर्फ १२ गरी २२ जना तथा अनुसन्धान सहायकमा खुल्लामा १८ र समावेशीमा १५ गरी ३३ जना कर्मचारी मागेको हो ।

 

अनुसन्धान अधिकृत पदका लागि स्नातक तह उत्तिर्ण गरेको शैक्षिक योग्यता हुनुपर्ने छ । यस्तै अनुसन्धान सहायकका लागि प्रविणता प्रमाणपत्र तह (कक्षा १२) उत्तिर्ण गरेको शैक्षिक योग्यता हुनेपर्ने विभागले जनाएको छ ।

 

परिक्षाको दरखास्त फारमा तथा पाठ्यक्रम गृह मन्त्रालयको वेवसाइटमा पाइने छ । दरखास्त दिन चाहनेले पहिलो पटक सूचना प्रकाशित भएको ३० दिन भित्रमा दरखास्त दिन सक्नेछन् ।