भारतीय प्रहरीको कारवाहीमा १६ माओवादीको मृत्यु

भारतीय प्रहरीको कारवाहीमा १६ माओवादीको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली – भारतको छत्तीसगढस्थित सुकमा जिल्लाको केरलापाल क्षेत्रमा शनिबार प्रहरीको कारवाहीमा १६ जना नक्सलवादी सशस्त्र लडाकुको मृत्यु भएको छ ।

झडपका क्रममा २ प्रहरी जवान घाइते भएका भारतका प्रहरी महानिरीक्षक सुन्दरराज पीले जानकारी दिए ।

भारतीय सञ्चारमाध्यमका अनुसार जिल्ला प्रहरी र केन्द्रीय प्रहरीले शुक्रबार सुरु गरेको संयुक्त आतंकवाद विरोधी अभियानअन्तर्गत गोप्य सूचनाको आधारमा कारबाही सुरु गरिएको थियो । संयुक्त टोली २८ मार्चमा खोजी अभियानका लागि तैनाथ गरिएको थियो ।

संयुक्त टोलीले हाल मुठभेडस्थल तथा वरपरको भूभागमा गहन खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

भारतीय गृहमन्त्री अमित शाहले २२ मार्चमा संसद्मा ३१ मार्च २०२६ सम्ममा देशबाट नक्सलवादीहरूको उन्मूलन हुने घोषणा गरेका थिए ।