हाथरसमा बस र भ्यान ठोकिँदा १७ जनाको मृत्यु

हाथरसमा बस र भ्यान ठोकिँदा १७ जनाको मृत्यु


आगरा–भारतको उत्तर प्रदेशमा बस र भ्यान ठोकिँदा १७ जनाको मृत्यु भएको छ।

उत्तर प्रदेशको हाथरसस्थित आगरा–अलिगढ राष्ट्रिय राजमार्गमा शुक्रबार साँझ रोडवेजको बस र पिकअप भ्यान आपसमा ठोकिएका हुन्।

दुर्घटनामा १७ जनाको मृत्यु भएको र १६ यात्रु घाइते भएको उनले बताए। मृतकमा ७ पुरुष, ४ महिला र ६ बालबालिका छन्।

दुर्घटनामा मृत्यु भएका सबैको पोस्टमार्टमपछि शव दाहसंस्कारका लागि गाउँ पठाइएको हाथरसका प्रहरी उपरीक्षक निपुन अग्रवालले बताए । –बीबीसी हिन्दी