भारतीय सेनाका तीनतारे जर्नेल सुटुक्क काठमाडौंमा

भारतीय सेनाका तीनतारे जर्नेल सुटुक्क काठमाडौंमा


काठमाडौँ –भारतिय सेनाका डेपुटी चिफ अफ स्टाफ लेफिटनेण्ट जनरल सर्वणकुमार पट्याल गोप्य रुपमा नेपालको भ्रमणमा काठमाडौं अार्इपुगेका छन् । नेपालमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बनेको दुई साता नबित्दै भारतिय सेनाका तीन तारे जनरलको गोप्य भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । उनि आईतबार दिउसो काठमाडौं अवतरण गरेको उच्च स्रोतको दाबी छ ।

पट्याल लेफ्टिनेण्ट जनरल सुवर्त शाहले अवकास पाएपछि डेपुटी चिफ अफ स्टाफमा बढुवा भएका थिए । उनि हालका भारतिय प्रधानसेनापति विपिन रावतपछि सेनाअध्यक्ष बन्ने लाइनमा समेत छन् ।

उनि १९७९ मा गोर्खा राइफलमा भर्ना भएका थिए । जनरल पट्यालले भारतिय सेनाको गुप्तचर विभागको डाइरेक्टरको रुपमा समेत काम गरेका थिए । जनरल पट्याल सेना मेडल, उत्तम सेवा मेडल र परम भिस्सीत सेवा मेडलबाट सम्मानित सैनिक अधिकारी हुन ।

नेपाल सेनाका प्रवक्ता सहायकरथी गोकुल भण्डारीले भारतिय सेनाका डेपुटी चिफको भ्रमण नितान्त व्यक्तिगत भएको बताए । ‘सेनालाई उहाको भ्रमणबारे जानकारी छ ,तर उहाँ हाम्रो निम्तोमा नेपाल भ्रमणमा आउनुभएको होईन ।’ सैनिक प्रवक्ता भण्डारीले काठमाडौंपाटीसंग भने ।