भारत र बङ्गलादेशबीचको दोस्रो टी-२० आज

भारत र बङ्गलादेशबीचको दोस्रो टी-२० आज


काठमाण्डु-भारत र बङ्गलादेशबीचको दोस्रो टी–२० खेल आज हुँदैछ । दिल्लीस्थित अरुण जेटली स्टेडियममा हुने आजको खेल साँझ ७ः१५ बजेबाट सुरु हुनेछ ।

सूर्यकुमार यादवको कप्तानीमा रहेको भारती टीमले आजको खेलमा जित निकाल्दै सिरिजमाथि कब्जा जमानउन चाहन्छ भने नजमुल हसन सान्तोको कप्तानीमा रहेको बङ्गलादेश आजको खेलमा पहिलो जितको खोजीमा रहनेछ र सिरिज बराबरीमा ल्याउन चाहन्छ ।

ती खेलको टी–२० सिरिजमा भारतले आइतवार भएको पहिलो खेलमा बङ्गलादेशलाई ७ विकेटले पराजित गरेको थियो ।