एजेन्सी – चीनले भारतीय सेनाका एक अधिकृतसहित दुई जनाको मृत्यु भएको घटनामा प्रतिक्रिया जनाएको छ । चिनियां विदेशमन्त्रालयले भारतीय सैनिकहरुले सोमबार दुई पटक सीमा रेखा पारेर गरेर चीनतर्फ आएका कारण झड्प भएको जनाएको छ ।
विदेशमन्त्रालयले भारतीय सैनिकबाट चिनियां सैनिकहरुमाथी आक्रमण तथा उत्तेजना गर्ने काम भएपछि दुवै देशका फौंजवीच सीमा क्षेत्रमा भौतिक आक्रमण भएको जनाएको छ ।
चिनियां विदेशमन्त्री वांग यीले गलवान घांटीमा भएको झड्पको घटनामा भारतसंग वार्ताको माध्यमवाट निकास खोजिने बताएका छन् । पूर्वी लद्दाखको गलवान क्षेत्रमा भएको झड्पमा परी तीन जनाको मृत्यु भएपछि दुवै देशका सैनिक कमाण्डरहरुको वैठक जारी छ ।
सन् १९७५ पछि पहिलो पटक नियन्त्रण रेखामा भएको झड्पमा भारतिय सेनाको ज्यान गएको हो । घटनालगत्तै रक्षामन्त्री राजनाथ सिंहले सीडीएस बिपिन रावतसंग वैठक गरेका छन् । वैठकमा जल,थल र वायु सेनाका प्रमुखका साथै विदेशमन्त्री एस. जयशंकर समेत उपस्थित थिए ।
प्रतिक्रिया