भारतीय चुनावका कारण खलङ्गा झोलुङगे पुल ४८ घन्टाका लागि बन्द

भारतीय चुनावका कारण खलङ्गा झोलुङगे पुल ४८ घन्टाका लागि बन्द

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दार्चुला – भारतको पिथोरागढमा निर्वाचनका कारण नेपाल भारत जोड्ने महाकाली नदी माथिको खलङ्गास्थित झोलुङगे पुल शुक्रबारदेखि आइतबारसम्म ४८ घण्टाका लागि बन्द हुने भएको छ ।

धार्चुला नगरपालिका परिषद्को निर्वाचनका कारण सीमासँग जोडिएका पुल बन्द गर्ने पिथौरागढ जिल्ला अधिकारीबाट जानकारी आएको दार्चुला जिल्ला प्रशासन कार्यालयले जनाएको छ । नोबेम्बर १८ (मंसिर २ गते) का दिन बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म भारतको पिथोरागढ जिल्लाअन्तर्गत स्थानीय निकायको निर्वाचन हुंदैछ ।

सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै ४८ घण्टाका लागि पुल बन्द गर्ने सहमति गरिएको प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले बताए । निर्वाचनलाई लक्षित गरी आज बेलुकी ५ बजेदेखि मङ्सिर २ गतेसम्म धार्चुला उक्त निर्वाचनलाई मध्यनजगर गरी पुल बन्द हुने भएको हो ।