भारत-पाकिस्तान तनावमा अमेरिका कता ?

भारत-पाकिस्तान तनावमा अमेरिका कता ?

भारत-पाकिस्तानबीच सैन्य संघर्ष हुने सम्भावना कति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारतको जम्मु–कश्मीरकोे पहलगाममा भएको आतंकवादी आक्रमणपछि चिरप्रतिद्वन्द्वी भारत र पाकिस्तानबीचको सम्बन्ध फेरि चिसिएको छ ।

पहलगाममा भएको आतंकवादी आक्रमणको विश्वका अधिकांश देशले निन्दा गरेका छन् । नेपालसहित अमेरिका, चीन, रुसलगायतका देशले घटना निन्दनीय भएको बताएका छन् ।

सामान्यता भारत र पाकिस्तानबीचको तनावमा अमेरिका जहिले पनि पाकिस्तानलाई साथ दिँदै आएको देखिएको छ । यसमा सबैभन्दा बढी उल्लेखनीय १९७१ को भारत–पाकिस्तान युद्ध हो ।

तर २२ अप्रिलमा भएको पहलगाम आक्रमणमा अमेरिकाले खुलेर भारतलाई समर्थन गरेको छ । उक्त आक्रमणमा आतंकवादीहरूले पर्यटकहरूमाथि गोली चदाउँदा एक नेपालीसहित २६ जनाको मृत्यु भएको छ । यस्तै अनेकौं घाइते छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रूथ’मा पहलगाम आक्रमणको विरोध गरेका छन् । उनले लेखेका छन्, ‘कश्मीरमा अत्यन्त दु:खद घटना भएको छ । आतंकको यो लडाइँमा अमेरिका भारतको साथ छ । प्रधानमन्त्री मोदी र भारतका जनताप्रति हाम्रो पूर्ण समर्थन रहन्छ र गहिरो सहानुभूति छ।’

जुन दिन पहलगाममा आक्रमण भएको थियो, त्यति बेला अमेरिकाका उपराष्ट्रपति जेडी भास्न सपरिवार भारत यात्रामा थिए । उनले पनि घटनाप्रति दुःख व्यक्त गर्दै आक्रमणमा पीडितप्रति सम्वेदना प्रकट गरे ।

यस्तै, अमेरिकाका राष्ट्रिय जाजी संस्थाका निर्देशक तुलसी गबार्डले पनि घटनामा अमेरिकाले भारतलाई समर्थन गरेको जनाए ।

अमेरिकी नेता र अधिकारीहरूका यस्ता बयानबाट के यो मान्न सकिन्छ कि यदि भारत र पाकिस्तानबीच तनाव बढेर सैन्य संघर्षतर्फ बढ्यो भने अमेरिकाको समर्थन भारतको पक्षमा हुन्छ ?

भूराजनीतिक मामिलाका जानकारहरू भन्छन्, ‘भारतप्रति अमेरिकाको धेरै झुकाव छ ।’ यसका पछाडि उनीहरू दुईवटा कारण मान्छन् । पहिलो भारत क्वाडको सदस्य हो । र अर्को अहिले अमेरिका र चीनबीच व्यापार युछ चलिरहेको छ । यस्तो अवस्थामा चीन र पाकिस्तान एकअर्कासँग नजिक आउन सक्छ । यसकारण अमेरिका भारतसँग नजिकिन चाहन्छ । क्वाडमा भारतका साथै अमेरिका, जापान र अस्ट्रेलिया छन् ।

अहिले अमेरिका चीनसँग व्यापार युद्ध र रूस तथा युक्रेनको लडाइँमा व्यस्त रहेका कारण भारत र पाकिस्तानको तनावमा प्रवेश गर्न नचोहको पनि विज्ञहरू बताउँछन् ।

तर आफ्ना सहयोगी सऊदी अरबमार्फत् अप्रत्यक्ष रूपमा यस मामिलामा हस्तक्षेप भने गर्न सक्ने उनीहरूको आँकलन छ ।भूराजनीतिक विशेषज्ञ शुभदा चौधरी भन्छिन्, ‘ट्रम्पको प्राथमिकतामा अहिले भारत, पाकिस्तान या दक्षिण एशिया छैन ।

एक व्यापारीको रूपमा उनका घरेलु मामिला नै उनका लागि महत्व राखेको छ । ट्रम्पको प्राथमिकतामा अहिले आप्रवासन, आर्थिक नीति, ट्यरिफ युद्ध र महँगी जस्ता मुद्धा छन् ।’

जानकारहरू पहलगाम आक्रमणपछि भारत र पाकिस्तानबीच सैन्य संघर्ष हुने सम्भावना तीव्र रहेको बताउँछन् तर यसको आयतन कति ठूलो हुने भन्न कठिन रहेको उल्लेख गर्छन् ।

एक थरि विशेषज्ञहरूकाे अनुमान यस्ताे छ कि पाकिस्तान र अमेरिकाबीच पुरानो र बलियो सम्बन्ध छ । र, दक्षिण एशियामा भारतको भूमिकालाई विस्तार होस् भन्ने अमेरिका चाहँदैन ।

दक्षिण एशियाको भू–राजनीतिका जानकार तथा दक्षिण एशिया विश्वविद्यालयका प्राध्यापक धनञ्जय त्रिपाठी भन्छन्, ‘सिधा शब्दमा भन्ने हो भने अमेरिका कसैको साथमा छैन । यद्यपी हालका दिनमा भारतसँग अमेरिकाको सम्बन्ध राम्रो भएपनि पाकिस्तानको रणीनीतिक साझेदार पनि हो ।’

अमेरिकी रणनीतिकारहरू भारतलाई पूरा दक्षिण एशिया सुम्पिने पक्षमा नरहेको उनीहरू बताउँछन् । त्रिपाठी भन्छन्, ‘मौजूदा माहोलमा अमेरिकाले यो पनि संकेत गरेको छ कि उसले पाकिस्तानमाथि दबाव दिन्छ । यद्यपी अमेरिकाले भारतप्रति सम्वेदना प्रकट गरोस् या पाकिस्तानप्रति आक्रोश जनाओस् । त्यसैले यस्तो अवस्थामा अमेरिका कुनैपनि देशको पक्षमा नरहेर आफ्नो हित मात्र हेर्नेछ ।