काठमाडौं– जम्मु– कश्मिरको पुलवामा भएको आतंकवादी हमलापछि भारत पाकिस्तानबीच तनाव वढिरहेको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै देशको बीच भइरहेको तनाव धेरै खराब र खतरनाक भएको बताए ।
ट्रम्पले दुवै देशसंग अमेरिका सम्पर्कमा रहेको र कश्मीर घाटीमा भइरहेको अशान्तीको अवस्था छिट्टै हल हुने आशा व्यक्त गरेका छन् । उनले शुक्रवार भारतका ५० सैनिक जवान गुमाएको भन्दै छिट्टै कदम उठाउनेबारे भारतले सोचिरहेको दावी समेत गरे ।
ओवल आफिसमा संचारकर्मीसंग कुरा गर्दै उनले तनाव कम छिट्टै खतम होस भन्ने पक्षमा अमेरिका रहेको भन्दै यसमा अमेरिकाले नजर राखिरहेको बताए ।
पुलवामा घटनामा सीआरपीएफका ४० जवान शहीद भएका छन् । घटनाको जिम्मा पाकिस्तानस्थित आतंकवादी संगठन जैश मोहम्मदले लिएका छन् ।
ट्रम्पले पछिल्ला दिनहरुमा पाकिस्तान र अमेरिकाबीचको सम्बन्धमा प्रगती भएको समेत बताएका छन् ।
प्रतिक्रिया