एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले काश्मीर मामिलाको समाधान युद्ध नभएको बताएका छन् ।
सोमबार पाकिस्तानको गर्भनर हाउसमा सिख समुदायका मानिससँगको भेटघाटको क्रममा उनले युद्ध कुनै पनि समस्याको समाधान नभएको बताउँदै भारतविरुद्ध आफूहरुले कहिले पनि युद्ध सुरु नगर्ने बताएका छन् ।
‘म भारतलाई के भन्न चाहन्छु भने युद्ध कुनै पनि समस्याको समाधान होइन । युद्धका विजेताले पनि खासमा हारेकै हुन्छ । युद्धले अन्य धेरै खराबीलाई जन्म दिन्छ ,’ उनले भने ।
सन् २०१६ जनवरीको पठानकोटको हवाई फौजको आधारमा आक्रमण भएदेखि भारत र पाकिस्तानको सम्बन्ध राम्रो हुन सकेको छैन ।
हालै नयाँ दिल्लीले जम्मु–कश्मीरको संवैधानिक हैसियत बदलेपछि भारत र पाकिस्तानबीचको तनाव झनै खराब भएको छ ।
भारतले चालेको कश्मीर कदमपछि पाकिस्तानले उसको देशमा रहेको इण्डियन हाई कमिश्नरलाई निस्कासित गर्दै कुटनीति सम्बन्धनै न्यूनिकरण गरेको छ ।
प्रतिक्रिया