१३ जना सवार भारतीय वायु सेनाको विमान सम्पर्कविहीन

१३ जना सवार भारतीय वायु सेनाको विमान सम्पर्कविहीन


एजेन्सी – भारतीय वायु सेनाको एएन–३२ कल साइनको विमान सम्पर्कविहीन भएको छ । भारतको आसामस्थित जोरहटबाट उडेको १३ जना सवार भारतीय वायु सेनाको विमान सोमबार दिउँसो सम्पर्क्विहीन भएको हो ।

विमान अरुणान्चल प्रदेशको पूर्वी हिमालयमा पर्ने मेचुका एड्भान्स ल्यान्डिङ ग्राउन्डतर्फ उडेको थियो । उक्त ल्यानडिङ ग्राउन्ड चीनको सिमानाबाट ३० किलोमिटरको दूरीमा पर्छ ।

उक्त विमान स्थानीय समयानुसार दिउँसो १२ः२५ बजे उडेको थियो । उडान भरेको ३५ मिनेटसम्म सम्पर्कम भएको तर १ बजेपछि सम्पर्क्विहीन भएको भारतीय सैनिक अधिकारीले बताएका छन् ।

विमानमा आठ जना चालक दलका सदस्य र पाँच जना अन्य यात्रुहरु सवार भएको जनाइएको छ । विमानको खोजी भइरहेको चारतीय संचारमाध्यमहरुले जनाएका छन् ।