काठमाण्डु-भारतविरुद्धको दोस्रो टी–२० दक्षिण अफ्रिकाले जित हात पारेको छ ।
सेन्ट जर्ज पार्कमा आइतबार राति भएको खेलमा जम्मा १२५ रनको लक्ष्य पाएको दक्षिण अफ्रिकाले निर्धारित ओभरको १ ओभर बाँकी छँदै भारतमाथि ३ विकेटको जित हासिल गरेको हो ।
दक्षिण अफ्रिकाको जितका लागि ट्रिस्टन स्टब्सले नट आउट सर्वाधिक ४७ रन बनाए । त्यस्तै रेजा ह्यान्ड्रिक्सले २४ रन र गेराल्ड कोएत्जीले १९ रन बनाए ।
टस हारेर पहिला ब्याटिङ्ग गरेको भारतले निर्धारित ओभरमा ६ विकेट गुमाएर मात्र १२४ रन बनाएको थियो । हार्दिक पाण्ड्याले नट आउट रहँदै ३९ रन जोडे भने अक्षर पटेलले २७ र तिलक वर्माले २० रन जोडे । त्यसबाहेक अन्य कुनैपनि खेलाडीले दोहोरो रन बनाउन सकेनन् ।
भारतलाई सस्तोमै समेट्न दक्षिण अफ्रिकाका मार्को जेनसन, गेराल्ड कोएत्जी, एन्डिल सिमलेन, एडन मार्करम र नक्बायोम्जी पिटरले समान १/१ विकेट लिए ।
४ खेलको यस सिरिजको पहिलो खेल भारतले जितेको थियो । आइतबारको खेल जितेसँगै दुबैको समान १÷१ अङ्क भएको छ । तेस्रो खेल बुधबार हुनेछ ।
प्रतिक्रिया