काठमाण्डु-श्रीलंकाविरुद्धको टी–२० सिरिजमा भारतले विजयी सुरुवात गरेको छ । सूर्यकुमार यादवको कप्तानीमा श्रीलंका भ्रमणमा पुगेको भारतले पहिलो खेलमा ४३ रनको जित निकालेको हो ।
शनिबार राति श्रीलंकाको पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर श्रीलंकाले सुरुमा फिल्ड रोज्दै भारतलाई ब्याटिङको निम्तो दिएको थियो ।
सुरुमा ब्याटिङ गरेको भारतले ७ विकेटको क्षतिमा ११३ रन बनायो । उसका लागि कप्तान सूर्यकुमार यादवले सर्वाधिक ५८ रन बनाए । ऋषभ पन्त अर्धशतक बनाउन १ रनले चुके। ३३ बल खेलेका पन्त ४९ रनमा आउट भएका हुन् ।
भारतका ओपनर यशस्वी जैसवालले ४० रन बनाउन शुभमन गिलले ३४ रन जोडे । भारतले पुरै २० ओभर खेल्दै ७ विकेटको क्षतिमा श्रीलंकालाई २१४ रनको चुनौती दिएको हो ।
भारतविरुद्ध कसिलो बलिङ गरेका श्रीलंकाका माथीशा पाथिरानाले चार विकेट हात पारे । चार ओभर बलिङ गर्दा उनले ४० रन खर्चिए। वानिन्दु हसरंगा, असिथा फर्नान्डो र दिलशान मदुशंकाले एकएक विकेट हात पारे ।
२१४ रनको लक्ष्य पछ्याएको श्रीलंकाको लागि पथुम निसानकाले शानदार अर्धशतक बनाए । ४८ बलको सामना गरेका उनले सात चौका र चार छक्काको सहयोगमा ७९ रन प्रहार गरे । कुसल मेन्डिसले ४५ बनाउँदा कुसल परेरा २० र कामिन्दु मेन्डिस १२ रनमा आउट भए । उसका लागि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । सुरुमा आक्रामक ब्याटिङ गरेको श्रीलंकाको पछिल्लोक्रममा कमजोर देखिएको थियो ।
श्रीलंकालाई सस्तैमा समेट्न भारतका लागि रियान परागले तीन विकेट लिँदा अक्षर पट्टेल र आर्शदीप सिंहले समान दुई–दुई विकेट हात पारे । भारतका बलरसामू श्रीलंकाको मध्यक्रम टिक्न नक्दा १९.२ ओभरमा सबै विकेट गुमाउँदै श्रीलंका १७० रनमा समेटिएको हो । सिरिज अन्तर्गतको दोस्रो खेल आज साँझ ७ः१५ मा हुँदैछ ।
प्रतिक्रिया